संघको २८ औं वार्षिक साधारणसभामा बोल्दै प्रमुख अतिथी राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कँडेल ।
संघको कार्यालाय समुद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कँडेल ।
जिल्ला सहकारी संघको अन्तरकृया कार्यक्रममा पूर्व अर्थ मन्त्रि एवं गभर्नर डा.युवराज खतिवडालाई मायाँको चिनो प्रदान गरिदै ।
एसियाली ऋण महाँसंघका पूर्व अध्यक्ष ऋषिराज घिमिरे ज्यु वाट लेखा व्यवस्थापन तालिममा प्रमाण पत्र वितरण पछि सामुहिक तस्विर ।
जिल्ला सहकारी संघले निर्माण गरेको मरिण गाउँपालिका स्तरिय सहकारी प्रोफाइल हस्तारण गरिदै ।
६६ औ राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित नृतृत्व पुनरजागरण कार्यक्रममा एसियाली ऋण महाँसंघ तथा नेफ्सकुनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेलाई मायाँयको चिनो प्रदान गरिदै ।
३०औं बार्षिक साधारणसभा तथा स्थापना दिवसमा माननिय राजन दाहालद्वारा उद्घाटन गरिदै ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल तथा संचालक डि. वि. वस्नेत ३०औं बार्षिक साधारणसभामा सहभागी हुँदै ।
३०औं बार्षिक साधारणसभा तथा स्थापना दिवसमा सिन्धुलीका आग्र सहकारी अभियान्ता वाल कुमारी श्रेष्ठलाई सम्मान गरिदै ।
Previous
Next

जिल्ला सहकारी संघको परिचय

जिल्ला सहकारी संघ लिमिटेड सिन्धुली २०५० सालमा स्थापना भई सिन्धुली जिल्ला भित्र रहेका सबै प्रकारका सहकारी संघ-संस्थाहरुको विकास र प्रर्बद्धन गर्ने उदेश्यले स्थापना गरिएको यो संघ जिल्ला स्तरिय छाता निकाय हो । यस संघमा सिन्धुली जिल्ला भित्र दर्ता भएका सबै विषयगत संघहरु र प्रारम्भिक सहकारी संस्थाहरु आबद्ध हुन पाउने प्रवधान रहेको छ ।

सहकारीका सिद्धान्त, मूल्यमान्यता, सहकारी ऐन र नियम बमोजिम सहकारी संस्था संचालन गर्नु पर्दछ । सहकारी ऐन २०३१ खारेज भई नयाँ सहकारी ऐन २०४८ ले सहकारी श्रेत्रमा व्यापक परिर्वत भईदिनाले सहकारी संघ-संस्था दर्ता र स्वःस्फूर्त ढँगले संचालन गर्न पाउने स्वायतता पाएको थियो ।

सिन्धुली जिल्लामा सहकारी

सिन्धुली जिल्लामा हाल रहेका सहकारीमा सदस्यहरुबाट करिब ३ अर्ब भन्दा बढी पूँजी संकलन भएको छ भने स्थानिय पुन: संरचना संगै पछिल्लो अभिलेख अध्यावधिक नभए पनि सहकारी विभागको पछिल्लो अभिलेख अनुसार ५११ वटा प्रारम्भिक सहकारी संस्था र एकिकृत भए पछि ५ वटा विषयगत संघ र १ जिल्ला सहकारी संघ कायम रहेको छ ।

जिल्ला सहकारी संघ सिन्धुलीको पहुँच

५ विषयगत संघ
१ जिल्ला सहकारी संघ

५१७ प्रारम्भिक सहकारी संस्था

२६१ संघ-संस्था आबद्ध

अध्यक्षको सन्देश

“गुणस्तरियता विश्वसनियता तथा संचालन प्रकृयामा शुद्धता, निति, विधि र प्रविधियुक्त सहकारी बनाउने संघको प्रतिवद्धता” भन्ने मुल नारा सहित सहकारी यात्रामा अगाडी बढीरहेको यस संघ सहकारी सिद्धान्त र मूल्य मान्यताहरुलाई पालन गर्ने, सदस्यहरुलाई भेदभाव रहित र पक्षपात रहित ढंगले सरल वित्तिय सुविधाहरु उपलव्ध गराउने र सामाजिक तथा गैरवित्तिय क्रियाकलापहरुमा सहभागी भई रहेका छौं ।

सहकारी ऐन २०३१ खारेज भई नयाँ सहकारी ऐन २०४८ ले सहकारी क्षेत्रमा व्यापक परिर्वत भए संगै सहकारी संघ/संस्था दर्ता र स्व:स्फूर्त दंगले संचालन गर्न पाउने स्वायतता पाएको वेला नेपाल राष्ट्रिय सहकारी संघको स्थापनाको लागि जिल्ला सहकारी संघहरुको गठनको आवश्यकता भएकोले यस जिल्लामा संचालनमा रहेको ११ वटा सहकारी संस्थाहरुको आवेदन मार्फत २०५० भाद्र ९ गते सहकारी विभागमा विधिवत दर्ता भई जिल्ला सहकारी संघ सिन्धुली स्थापना भएको थियो ।

हाम्रो आबद्वता

Scroll to top